गएराति बझाङमा चारपटक भूकम्पको धक्का, स्थानीयको खुल्ला आकाशमुनी बास

बझाङ :  बझाङमा गएराति ४ पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ पटक गएको हो।

केन्द्रका अनुसार गएराति १२ः१६ बजे ४.१ रेक्टर स्केलको, १२ः५० मा ४.३ रेक्टर स्केलको, बिहान ४ः२७ बजे ४.३ रेक्टर स्केलको र ५ः४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।

मंगलबार दिउँसोपनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३, ५.१, ४.१, ४.१, ४.३, ५ र ५ रेक्टर स्केलका गरि ८ पटक गएको केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार यहाँ १२ वटा पराकम्पन गएका थिए।

लगातार भूकम्प गइरहेपछि मानिसहरु खुला आकाशमुनी बसेका छन । भूकम्पको त्रासपछि गयराती बझाङमा अधिकांस मानिसहरु घर बाहिर पाल टागेर बसेका हुन ।भूकम्पको धक्का सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको थियो।

प्रदेश राजधानी धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपायललगायतका स्थानमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।लगातार भूकम्प गइरहेपछि मानिसहरु खुला आकाशमुनी बसेका छन ।

भूकम्पको त्रासपछि गयराती बझाङमा अधिकांस मानिसहरु घर बाहिर पाल टागेर बसेका छन ।

लगातार जमिन हल्लिरहेपछि मानिसहरू घरबाहिर निस्किएर खुला चौरमा रात काटेका छन ।

Loading...