धनगढीमा पेस्तोलसहित हतियारको कारोबार गर्ने एकजना पक्राउ

धनगढी : धनगढीमा पेस्तोलसहित हतियारको कारोबारी पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाबाट एकजना कारोबारी पक्राउ परेका हुन्। विशेष सूचनाका आधारमा २८ वर्षीय सरोज धानुकले हतियारको कारोबार गरिरहेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनको साथबाट कटुवा पेस्तोल १ थान र गोली ४ राउण्ड फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बताइएको छ।

Deep Jyoti Pustak psl
Loading...