कञ्चनपुर : महाकाली नदीको रोयल्टी ठेक्का सम्झौता भएपछि बुधबारदेखि नदीजन्य पदार्थ विक्रि, संकलनका लागि घाट खुलेको छ।
भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाले संयुक्त रुपमा महाकाली नदीको प्राकृतिक श्रोत नदीजन्य पदार्थ ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल आदी को विक्रि शुल्क संकलन रोयल्टी का लागि ठेक्का खोलेका थिए। महाकाली नदीको नदीजन्य पदार्थ रोयल्टीमा दोधारा चाँदनी र भीमदत्त नगरपालिकाले क्रमशः ४६ र ५४ प्रतिशत लिने सम्झौता भएको छ ।
काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट रकम सहित ७ करोड ७७ लाखमा ठेक्का सम्झौता गरेपछि बुधवारदेखि महाकाली नदीको घाट खुलेको नगरप्रवक्ता महेन्द्र खड्काले बताए।
घाट खुलेपछि बुधवार नगरप्रमुख पदम बोगटी नेतृत्वको टोलीले महाकाली नदीको स्थलगत अनुगमन समेत गरेको छ। अनुगमनका क्रममा नगरप्रमुख बोगटीले महाकालीबाट नदीजन्य पदार्थको उत्खनन् एवम् संकलन नदी किनारका बस्तीमा असर नपर्ने गरेर, किनारबाट ५ सय मिटर टाढाबाट मापदण्ड अनुसार गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।