बझाङमा जिप दुर्घटना

धनगढी : बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ९ कुलाकाट्ने भन्ने ठाउँको कच्चि सडकखण्डमा आज बिहान सुदूरपश्चिम प्रदेश ०१००१ च ३९६५ नम्बरको जिप दुर्घटना भएको हो।

सुर्मा गाउँपालिका–२ का अन्दाजी २३ वर्षीय आवाज बोहोराले चलाएको जिप ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको बझाङ प्रहरीले बताएको छ।

दुर्घटनामा जिप साहु ३२ वर्षीय केशव थापा घाइते भएका र उनको उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...