डडेल्धुराको परशुराममा ट्याक्टरको ठक्करबाट १२ वर्षीया बालिका घाइते

डडेल्धुरा : डडेल्धुरामा ट्याक्टरको ठक्करबाट एक बालिका घाइते भएकी छन्।

परशुराम नगरपालिका–७ सादनीमा शुक्रवार सुदुरपश्चिम प्रदेश ०१–००२ त ४१३७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा परशुराम नगरपालिका–६ की १२ वर्षीया बालिका ममता ऐर घाइते भएकी छन्।

घाइते बालिकाको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Loading...