बाजुरामा भिरबाट लडेर ५३ वर्षीय ताराको मृत्यु

बाजुरा : बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका–८ रतुडा स्थित रहेको भिरबाट अन्दाजी ३०० मिटर तल खसेर सोही ठाँउका ५३ वर्षीय ताराचन्द्र ऐडीको मृत्यु भएको हो।

शनिवार साँझ सोही वडा नम्बर- ८ झरौले स्थित आफन्तको विवाहबाट घर जाने क्रममा भिरबाट लडेको भन्ने बुझिन आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...