कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि बोलपत्र आह्वान गर्‍यो

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि बोलपत्र आह्वान गरेको छ ।

९ करोड ९९ लाख ५ हजार ७ सय ५६ न्युनतम बोलपत्र रकम (मूल्य अभिवृद्धि करसहित) बोलपत्र आह्वान गरेको हो ।

नगरपालिकाले आइतबार मोहना, मछेली, बन्द र बनरा गरी चार ओटा नदीबाट एक लाख ६६ हजार ८३१ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि सूचना जारी गरेको छ ।

नगरपालिकाले नदीजन्य पर्दाथ उत्खननका लागि आज चौथो पटक सूचना जारी गरेको हो ।

Loading...