अत्तरियाको सत्यवतीमा लागुऔषध सम्बन्धि सचेतना मुलक कक्षा संचालन

अत्तरिया : कैलालीको अत्तरियामा लागुऔषध सम्बन्धि सचेतना मुलक कक्षा संचालन गरिएको छ।

समुदाय-प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध विरुद्वको महाअभियान २०८० अन्तर्गत सोमबार अत्तरिया स्थित सत्यवती एकेडेमीमा सचेतना मुलक कक्षा संचालन गरिएको हो ।

बिहान सञ्चालन गरिएको सचेतना मुलक कक्षामा उक्त विद्यालयका कक्षा ११ र १२ मा अध्यनरत छात्र छात्राहरुको उपस्थिती रहेको  इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक गणेश बहादुर बराल समेतको प्रहरी टोलीले लागुऔषध सम्बन्धि सचेतना मुलक कक्षा संचालनका साथै पर्चा पमप्लेट वितरण गरी लागुऔषध सम्बन्धि सचेतना मुलक कक्षा संचालन गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Loading...