जननौलो बिहानी कृषि सहकारीको अध्यक्षमा ओझा चयन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-६ मा रहेको जननौलो बिहानी कृषि सहकारी संस्थाको अध्यक्षमा बालकृष्ण ओझा चयन भएका छन । शनिबार सम्पन्न संस्थाको नवौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले ओझालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

सभाले ओझाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा पदम बहादुर बोगटी र सचिवमा टेक बहादुर ओली चयन भएका छन । यसैगरी संस्थाका सदस्यहरुमा रघुनाथ साउँद, शेखर पनेरु, ईन्द्र बहादुर शाहु, पवित्रा सुनार, भगवती कुमारी ओझा र यशोदा देवी पाठक सर्वसम्मत रुपमा चयन भएका छन । सभाले पदम साउँदको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । जसको सदस्यहरुमा कृष्णराज पाठक र चन्द्रा शाह चयन भएका छन ।

शनिबार सम्पन्न सभाले संस्थाका अन्य पदाधिकारीहरुको टुंगो लगाएपनि सचिवको भने टुंगो लगाउन सकेको थिएन । सचिवमा दुई जनाले दावेदारी प्रस्तुत गर्दा समितिका अन्य पदाधिकारीहरुको टुंगो लागेपनि सचिवको टुंगो लाग्न नसकेको अवस्थामा पुनः दोस्रो दिन बसेको सभाले सचिवलाई पनि निर्विरोध रुपमा चयन गरेको संस्थाका व्यवस्थापक राज बहादुर शाहले बताए ।

Deep Jyoti Pustak psl
Loading...