दार्चुलामा नाबालक र एक जना पक्राउ

दार्चुला : दार्चुलामा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ का प्रेमसिंह बुढाथाकी र लेकम गाउँपालिका–१ का एक नाबालक रहेका छन्।

बुढाथोकीलाई २०८० असोज १५ गते चेक अनादर मुद्दामा जिल्ला अदालत दार्चुलाले २ हजार जरिवाना तोकेको थियो भने नाबालकलाई चोरी मुद्दामा २०७७ माघ १२ गते २० हजार जरिवानासहित १ वर्ष ११ महिना १२ दिन कैद सजाय सुनाइएको थियो।

उनीहरु दुबै जनालाई सोमवार (हिजो) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

दुबै जनालाई कारबाहीका लागि मंगलवार जिल्ला अदालतमा पेश गराईएको छ।

Deep Jyoti Pustak psl
Loading...