कञ्चनपुरबाट अवैध सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट प्रहरीले करिब दुई लाख बराबरको अवैध सामान बरामद गरेको छ।

भीमदत्त नगरपालिका–६ ऐठपुरबाट भन्सार छलीका अन्दाजी १ लाख ८३ हजार ७ सय ६० मुल्य बराबरका जुत्ता, थानको कपडा, लेडिज ब्याग, चप्पल लगायतका सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरेको सामान भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Deep Jyoti Pustak psl
Loading...