डडेल्धुराका श्याम मृत फेला

डडेल्धुरा : डडेल्धुरामा एक युवकको शव भेटिएको छ । बुधबार बिहान जिल्लाको अमरगढी नगरपालिका–९ का सरकारी वकिल कार्यालय दिपायलमा कार्यरत २६ वर्षीय श्याम भट्ट मृत अवस्थामा भेटिएका हुन ।

उनी मंगलबार साँझ बजार जान्छु भन्दै घरबाट हिंडेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा उनी भीरबाट लडेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपकुमार कार्कीले बताएका छन । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

Loading...