बझाङमा जिप दुर्घटना,चालक घाइते

बझाङ : बझाङमा जिप दुर्घटना भएको छ। बुगंलनगरपालिका–२ गिरौ सुगर बगर स्थित भित्री कच्ची सडक खण्डमा से १ ज ७९४ नम्बरको जिप दुर्घटना भएको हो।

जिप सडकबाट एक सय मिटर तल खसि सोहि नगरपालिका–१ का ३० वर्षीय चालक हर्कबहादुर बोहरा घाइते भएका छन्।

उनलाई उपचारका लागि धनगढी पठाएको बझाङ प्रहरीले जनाएको छ।

 

Deep Jyoti Pustak psl
Loading...