कञ्चनपुर : कञ्चनपुरको बेदकोटमा ट्याक्टर कुल्चिदा एक बालकको मृत्यु भएको छ । बेदकोट नागरपालिका –६ दैजी लालपुर भित्री सडकखण्डमा ट्याक्टरले कुल्चिदा ६ वर्षीय बालक लब चन्दको मृत्यु भएको हो ।
शनिबार बेलुका भित्री सडक खण्डमा बाटोमा खेलिरहेका बालकलाई से १त ८९३० नम्बरको ट्याक्टरले कुल्चिदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रबक्ता डिएसपी प्रकाश डागिले बताए । ट्याक्टर चालक लाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।
बालकको मृत्यु पछि आर्कोशित पीडित परिवारले पुर्व पश्चिम् महेन्द्र राजमार्ग पुर्ण अवरोध गरेका छ्न । आफन्तले बालक शव उठाएका छैनन् । प्रहरी प्रशासन अबरुद्ध सडक खुलाउन लागिरहेको छ ।
