अत्तरिया : कैलालीको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा हिरासत पुस्तकालय स्थापन गरिएको छ । प्रहरी केन्द्रिय कार्यालयको निर्देशन अनुसार थुनुवा कक्ष नजिकै पुस्तकालय स्थापना गरिएको हो ।
हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए ।
उनका अनुसार पुस्तकालयमा राखिएका पुस्तकहरु थनुवा र अन्यले पनि अध्यन गर्न पाउने छन् । पुस्तकालयको आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले उद्घाटन गरेका थिए।



