धनगढी : निजी क्षेत्रको अग्रणी नबिल बैंकले गैह्र बैंकिङ सम्पत्ति लिलाम बिक्रीको सूचना निकालेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सम्पत्ती जे जस्तो अवस्थामा सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्न लागेको हो।
बैंकले ऋणीसँग धितो सकारेको सम्पत्ती बिक्री गर्न लागेको हो। पछिल्लो समय मन्दीका कारण कर्जा तिर्न नसकेका ऋणीबाट धितो सकारेको गैर बैंकिङ सम्पत्ती थुप्रिदै गइरहेको छ।
तर, निश्चित क्षेत्रफलभन्दा बढी जग्गा जमिन कसैले पनि राख्न नपाउने व्यवस्था छ। यस्तो सम्पत्ती लिलाम बिक्री गर्दै आइरहेका छन्। तर, पछिल्लो समय धितो लिलाम गर्न पनि बैंकलाई ग्राहक नभेटिएर हम्मेहम्मे पर्ने गरेको बताइन्छ।
नबिल बैंकले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेदेखि दोलखा, झापा, जनकपुर, कास्की हुँदै दार्चुलासम्म ५२ ठाउँमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो।
