गोदावरी-४ हाटखोलीमा वडा स्तरिय अतिरिक्त क्रियाकलाप प्रतियोगिता शुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा वडा स्तरिय अतिरिक्त क्रियाकलाप प्रतियोगिता शुरु भएको छ । हाटखोलीमा रहेको दुर्गा माध्यमिक बिद्यालयमा दुई दिने अतिरिक्त क्रियाकलाप प्रतियोगिता शुरु भएको हो ।

वडा कार्यालय र गोदावरी नगरपालीकाको आर्थिक सहयोगमा दुर्गा माविले आज र भोली प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगिताको आज (शुक्रबार) एक कार्यक्रमका विच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका छन् ।

वडा नम्बर ४ का वडाअध्यक्ष हेम प्रकाश मल्लको सभापतित्वमा आयोजित कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा वडा भित्र रहेका सम्पूर्ण विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्ण साउँदको शुभकामना मन्तब्य रहेको कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक प्रेमराज पाठकले गरेका थिए ।

Dhangadhi 2081
Loading...