अत्तरियामा महोत्सवको तयारी सुरु

अत्तरिया : कैलालीको अत्तरियामा आयोजना हुन लागेको महोत्सवको तयारी शुरु भएको छ । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा यहि पुस २६ गते देखी माघ ७ गते सम्म सञ्चालन हुन गईरहेको सुदुरपश्चिम प्रादेशिक महोत्सवको तयारी शुरु हुन लागेको हो ।

संघले महोत्सवका लागि विभिन्न संरचनाहरु निर्माण गर्ने काम सुरु गरेको छ । आज (शुक्रबार) संघका अध्यक्ष कल्याण सिँह बोहराले महोत्सवको प्रवेशद्धारको पुजा गरेर निर्माण कार्य सुभारम्भ गरेका छन । ११ दिनसम्म सञ्चालन हुने महोत्सवका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको बताईएको छ ।

विगतका कमिकमजोरीहरुलाई सुधार गर्दै यसपटक नयाँ व्यवस्थापन र उर्जाका साथ संघले महोत्सव सञ्चालन गर्र्न गईरहेको महासचिव शंकर खड्काले बताए । उनले महोत्सव सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न सामाग्री लगायतका विधाहरुमा यसपटक टेण्डर प्रणाली लागु गरिएको बताएका छन् ।

टेण्डर अनुसार सबैभन्दा कम बजेटमा काम गर्न सक्ने फर्म वा व्यक्तिलाई मात्रै यसपटक महोत्सवका विभिन्न जिम्मेवारीहरु दिईएको महासचिव खड्काले बताए । समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ २०७२ सालबाट शुरु भएको महोत्सव अहिले आठौं संस्करणको रुपमा सञ्चालन हुदैछ ।

महोत्सवलाई सबैले सभ्य र भव्य रुपमा सफल पारिदिन आयोजकले अत्तरिया उद्योग बाणिज्य संघले आग्रह गरेको छ । महोत्सवमा बिद्यार्थीहरुलाई ५० रुपैया टिकट र अन्यलाई १०० रुपैया तोकिएको छ भने अपांगता भएका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरिएको आयोजकले बताएको छ ।

यो पनि हेर्नुहोस् ।

कैलालीको अत्तरियामा पुस २६ गतेदेखी महोत्सव लाग्ने

 

Deep Jyoti Pustak psl
Loading...