दार्चुलामा एक्कासि सडकबाट खसेका धामीको मृत्यु

दार्चुला : दार्चुलामा एक जना युवाको मृत्यु भएको छ। जिल्लाको अपि हिमाल गाउँपालिका–६का अन्दाजी १८ वर्षीय अशोक धामीको मृत्यु भएको हो।

धामी दल्लेख भित्री सडक खण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको स्काइभेटरमा सहयोगीको रुपमा काम गरिरहेका थिए।

पैदल हिँडीरहेका बेला एक्कासि सडकबाट ५०० मिटर तल खसेर धामीको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...