कञ्चनपुरको गणेशपुरबाट एक युवक पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

बेलौरी नगरपालिकाको गणेशपुरबाट २.७३ मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँका ३८ वर्षीय दिनेश राना शनिवार राति पक्राउ परेको हुन्।

नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रानाको घरमा लागूऔषध फेला पारी पक्राउ गरेको जनाइएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

Deep Jyoti Pustak psl
Loading...