भिरबाट खसेको ढुङ्गा लागेर ४० वर्षीया महिलाको मृत्यु

दार्चुला : दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको दुहुँ गाउँपालिका–२ गोकुल की ४० वर्षीया दुरीदेवी बडालको भिरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए।

आइतवार दिउँसो घर नजिकैको सडकमा गिट्टी फुटाउने क्रममा भिरबाट खसेको ढुङ्गा लागेर बडाल घाइते भएकी थिइन्। प्रहरी निरीक्षक भण्डारीका अनुसार उनको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो।

Deep Jyoti Pustak psl
Loading...