गोदावरीमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको सुरुवात

धनगढी : कैलालीको गोदावरी नगरपालीकाले अघि सारेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।

आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम अनुसार ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याइएको हो। मंसिंर महिनाको अन्तिम सातादेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए।

सुरुमा कार्यक्रमका लागि दरवन्दी सिर्जना गर्ने भनिए पनि नगरपालिकाकै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको संख्या धेरै भएपछि उनीहरुलाई नै खटाइएको उनले बताए। अहिले १२ वटै वडामा गरी १६ जना स्वास्थ्यकर्मी खटाइएको छ।

स्वास्थ्यकर्मीले हरेक विद्यालयमा हप्ताको एकदिन स्वास्थ्य शिक्षाको विषयमा अध्यापन गराउने कार्यतालिका छ। कार्यक्रममा कक्षा ७ भन्दा माथिका विद्यार्थीलाई समेटिएको छ।

Loading...