धनगढी : सुदूरपश्चिमका दुइ जील्लाका बिभीन्न ठाउँमा आगलागी भएको छ । अछाम र दार्चुलाका बिभीन्न ठाउँमा आगलागी भएको हो ।
दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडा मझगाँउका जयसिंह धामीको २ तले ६ कोठे घरमा बिजुलिको तार सट भई सोमवार दिउँसो आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
यस्तै अछामको साँफेबगर नगरपालिका पातलकोटमा आगलागी भएको छ। भान्सामा बालेको आगो घर र गोठमा सल्किदा १ वटा गाई र २ वटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
