कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

अत्तरिया : कैलाली र कञ्चनपुरबाट भन्सार छलिका अबैध सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २० हजार ३ सय २६ रुपैया मूल्य बराबरको सामान सोमवार बरामद गरिएको हो।

उक्त मूल्य बराबरको प्याज, आन्टि, ललिपप, प्लाष्टिक कचौरा, सामान बाध्ने रसिरबर, बिडि लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै गोदावरी नगरपालिका–३ मालाखेती चौकिडाँडाबाट अन्दाजी ७५ हजार मूल्य बराबरको भारतिय मटर बरामद गरिएको छ।

सोमवार राति प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ। उता कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ गाउँबाट भन्सार छलिका अन्दाजी १६ हजार मूल्य बराबरको कुरकुरे, चिप्स, नम्किन लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...