धनगढीबाट ५० वर्षीय पुरुष पक्राउ

धनगढी : कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१ भवानी टोलबाट १ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँका ५० वर्षीय माधव भट्ट मंगलवार दिउँसो पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भट्टको घर अगाडी रहेको खोका भित्र चेकजाँच गर्दा लागूऔषध फेला पारी पक्राउ गरेको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Deep Jyoti Pustak psl
Loading...