बझाङको थलारामा भर्याङबाट लडेर ६३ वर्षीय पुरुष गम्भीर घाइते

बझाङ : बझाङमा भर्याङबाट लडेर एक जना गम्भीर घाइते भएका छन्।

जिल्लाको थलारा गाउँपालिका–८ देवस्थलीका ६३ वर्षीय मदनराज पाध्याय मङ्गलवार आफ्नै घरको भर्याङबाट लडेर घाइते भएका हुन्।

उनलाई जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको भए पनि गाडीमा बस्न सक्ने अवस्था नभएपछि लैजान नसकिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Dhangadhi 2081
Loading...