दक्ष जनशक्ति नहुदा डडेल्धुरा अस्पतालको सीटीस्क्यान सेवा बन्द

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा सीटीस्क्यान सेवा बन्द भएको छ।

रेडियोलोजिष्टको अभावमा तीन महिना यता सीटीस्क्यान सेवा बन्द रहेको अस्पतालका निमित्त मेसु डाक्टर सन्तोष गुप्ताले बताए। रेडियोलोजिष्ट यहाँबाट सरुवा भई गएपछि सीटीस्क्यान सेवा बन्द भएको उनले बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्ष पहिले छात्रवृत्तिबाट अध्ययन गरेका रेडियोलोजिष्टलाई करारमा डडेल्धुरा अस्पताल पठाएको थियो।

उनले १६ महिना काम गरे। उनी गइसकेपछि मन्त्रालयले रेडियोलोजिष्ट पठाउन सकेको छैन।

Loading...