भूकम्प पीडितलाई भेट्न लामिछाने पुगे बझाङ

बझाङ : भूकम्प पीडितहरुको अवस्था बुझ्न पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बझाङ आइपुगेका छन्।

Godawari_Badhi

बुधबार साँझ बझाङ पुगेका उनले भूकम्पपछि घाइते भएका र विस्थापितहरुलाई भेटेका छन् । बझाङको वित्थडचिर, केदारस्युँ गाउँपालिकामा भूकम्प पीडितसँग भेटघाट गरी अबेर सदरमुकाम चैनपुर पुगेका लामिछाने भूकम्पका कारण बाहिर बसिरहेका सदरमुकामका स्थानीय र घाइतेहरुलाई भेटेका थिए ।

आज (बिहीबार) बिहान प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाकर्मी र स्थानीयसँग भेटघाट गरेका लामिछानेले पीडितहरुलाई राहत समेत वितरण गरेका छन् ।

उनले विपद्मा परेकाहरुलाई सान्त्वना दिन बझाङ आएको र यहाँको समस्या प्रति गम्भीर बन्न सदन र अन्य निकायमा आवाज उठाउने बताए ।

Dhn Upamahanagarpalika_Badhi
Loading...