दार्चुलामा मिनी ट्रक दुर्घटना

अत्तरिया : दार्चुलामा मिनी ट्रक दुर्घटना भएको छ। कैलालीको धनगढीबाट खाद्यान्न बोकेर गएको ट्रक आज (बिहीबार) बिहान दुर्घटना भएको हो।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्लाको दुहु गाउँपालिका–२ तर्फ गइरहेको से.१ ख १२५२ नम्बरको ट्रक सडकबाट करिब दुई सय ५० मिटर तल राताकाठा भिरमा खसेको हो।

सवारी चालक भने अहिले फरार छन्। उनको खोजी भइरहेको छ। दुहु गाउँपालिका–३ ब्रहमदेबका करिब ४०÷४५ वर्षीय करनसिंह बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय हिकिलाबाट प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालको कमान्डमा ७ जना प्रहरी खटिएका छन्।

दुर्घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

Dhangadhi 2081
Loading...