बैतडीमा दिउँसै सुन र नगद चोरी

बैतडी :  बैतडीका दुई घरबाट दिउँदै सुन र नगद चोरी भएको छ।

पाटन नगरपालिका–४ बत्थीका गंगासिंह महरा र तारासिंह महराको घरबाट सुन र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

बुधबार दिउँसोको समयमा गंगासिंह महराको घरबाट एक तोला चार आनाको गलोबन्द र ४ आनाको तिलरी चोरी भएको छ।

त्यस्तै सोही ठाउँका तारासिंह महराको घरबाट दुई आना र ५ आनाको दुईटा तिलरीसहित नगद ६ हजार तीनसय रुपैंया चोरी भएको प्रहरीले जनाएको छ।
घरभित्र बाकसमा राखेका सुनका गहना र नगद चोरी भएको हो।

चोरीमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Loading...