धनगढी : धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा धनगढीमा जारी स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा
डिस्कभरी स्कुल, धनगढी नमूना मावि, विद्याभूषण स्कुल र एरिष्टो स्कुल भिड्ने भएका छन् ।
आइतबार बिहान हुने पहिलो सेमिफाइनलमा डिस्कभरी स्कुल र धनगढी नमूना मावि तथा दिउँसो हुने अर्को सेमिफाइनलमा विद्याभूषण स्कुल र एरिष्टो स्कुल भिड्ने भएका छन् ।
यही पुस १४ गतेबाट सुरु भएको प्रतियोगितामा सहभागि १५ टोलीमध्ये यी चार स्कुल सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
प्रतियोगितालाईं धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ । त्यसबाहेक दीपेन्द्र श्वार मेमोरियल स्ट्रस्ट, मायाँ मेट्रो अस्पताल, गुरुजी सुटिङ सर्टिङ, मालिकार्जुन हार्डवेयर एसपीए कलेज, ब्रेड बक्स क्याफेलगायतले सहयोग गरेका छन् ।
प्रतियोगिताको फाइनल सोमबार हुनेछ । प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ हजार पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित ४ महिनाको छात्रवृत्ति, उत्कृष्ट बलर ब्याटरले एक हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित २ महिनाको छात्रवृत्ति त्यस्तै उदयमान खेलाडीले डिसिएमा निःशुल्क भर्ना सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने आयोजक डिसिएका प्रबन्धक समुयल न्यौपानेले बताए ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको इभेन्ट निर्देशकमा ज्ञानेन्द्र क्षेत्री, म्यानेजरमा शुभम पनेरु तथा कार्यक्रम संयोजक सन्दीप भट्ट छन् ।
