कञ्चनपुरको एक वडा कार्यालयले गर्यो भारतीयलाई नेपालमै जन्मिएको प्रमाणित

अत्तरिया : कञ्चनपुरको एक वडा कार्यालयले बदमासी गरेको तथ्य बाहिर आएको छ। वडा कार्यालयले भारतीय नागरिकलाई नेपालमै जन्मिएको भनेर प्रमाणित गरिदिएको छ।

जिल्लाको पुनर्वास नगरपालिका–८ नम्बर वडा कार्यालयले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको हो। नेपालपारि भारतबाट आएका एक नागरिकलाई नेपाली नै प्रमाणित गरेको खुलेको हो।

भारतको मदुराई गाउँका नागर्जुन किटप्पा र बिमला किटप्पाका छोरा बालमुर्गन किटप्पा नेपालमै जन्मिएको प्रमाणित गरिदिएपछि वडा कार्यालय विवादमा परेको छ।

४४ वर्षीय भारतीय नागरिक किटप्पालाई वडाले गत वर्ष नेपालमै जन्मिएको प्रमाणित गरेर गैरकानुनी काम गरेको छ। जब कि किटप्पा भारतमै जन्मिएको र भारतीय नागरिक हुन्।

वडाध्यक्ष राना श्रवणले १९ फागुन ०७९ अर्थात् ३ मार्च २०७९ मा नेपालमै जन्मिएको प्रमाणित गरिदिएको तथ्य बाहिरिएको छ। किटप्पा सन् १९८० अप्रिल ३ अर्थात् २६ चैत २०३६ मा भारतमै जन्मिएका थिए।

भारतीय नागरिक बालमुर्गन किटप्पाको आयकर विभागको परिचयपत्रमा समेत ३ मार्च १९८० मा जन्ममिति राखिएको छ।

भारतीय नागरिकलाई नागरिकता दिलाउन जन्ममिति प्रमाणित गरिदिएपछि स्थानीयले वडाध्यक्षका गतिविधि शंस्कापद भएको भन्दै छानबिनको माग गरेका छन्।

Deep Jyoti Pustak psl
Loading...