कञ्चनपुरका बिभीन्न स्थानबाट भन्सार छलिका सामानसहित एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा भन्सार छलिका सामानसहित एक जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका–२ वाणीका २३ वर्षीय विजय चौधरीलाई सोमवार राति प्रहरी गस्ती टोलीले भन्सार छलिका सामानसहित फेला पारी नियन्त्रणमा लिएको हो।

चौधरीलाई लालझाडी गाउँपालिका–४ देखतभुलीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ८० हजार ५ सय मूल्य बराबरको माछा, चिनी, काले मामा नामक चुरन, मोटरसाईकल १ थानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

साथै सोही ठाउँबाट अन्दाजी १ लाख ५२ हजार ९ सय मूल्य बराबरको माछा, चिनी, आन्टी नामक स्विट सुपारी, मोटरसाईकल १ थानसमेत सोमवार राति प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कृष्णपुर नगरपालिका–२ मछेली पुल नजिकबाट भन्सार छलिका अन्दाजी ३९ हजार ३ सय २० मूल्य बराबरको खेलौना, टफि, मसला लगायतका सामान र भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय अगाडी पुर्वपश्चिम राजमार्गबाट अन्दाजी १ लाख २० हजार ३ सय ४० मूल्य बराबरको किरानाका सामान, मोटर पार्टस, जुता, चप्पल, खाद्यान्न लगायतका सामान बरामद गरिएको छ।

प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।

Dhangadhi 2081
Loading...