डडेल्धुराका सन्तोश तीन महिनादेखि सम्पर्कविहीन

डडेल्धुरा : डडेल्धुराका एक किशोर तीन महिनादेखि सम्पर्कविहिन भएका छन्।

जिल्लाको अमरगढी नगरपालिका–४ खलङ्गा १८ वर्षीय सन्तोश चुनारा घरबाटै सम्पर्कविहिन भएका हुन्।

असोज २५ गते घरबाट निस्केका चुनारा अहिलेसम्म परिवारको सम्पर्कमा नआएको चुनाराका बुबा ठगी चुनाराले बताए। त्यस्तै सन्तोश चुनाराकी आमा कमलीदेवी चुनाराले घरको एक्लो छोरा हराएको भन्दै चिन्तित बनेकी छन्।

कहिँकसैले फेला पारेमा ९८६८४९००३७, ९८६८७२९८०९ मा सम्पर्क गरेर सहयोग गरिदिन हुन परिवारका सदस्यले आग्रह गरेका छन्।

Dhangadhi 2081
Loading...