स्कुल बसको ठक्करबाट बालकको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बुधबार साझ भीमदत्त नगरपालिका –१४ परियामा नजिकैको एसिई प्बलिक विद्यालय बसको ठक्करबाट सोही ठाउका ३ वर्षिय बालक कार्तिक कुवरको मृत्यु भएको हो ।

से १ क ९९९ नम्बरको बसको ठक्करबाट घाईते भएका बालकको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डागिले बताए ।

बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएरहेको जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...