गुलरियाको एक फेन्सी पसलमा आगलागी

अत्तरिया : कञ्चनपुरको गुलरिया बजारमा आगलागी भएको छ । कृष्णपुर नगरपालिका – ५ गुलरियामा रहेको शिवराज बिष्टले संचालन गरेको फेन्सी पसलमा आगलागी भएको हो ।

२ वटा सटरमा संचालित उक्त पसलमा आगलागी हुदा सबै सामान जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । आगलागी नियन्त्रण गर्न अत्तरिया र झलारीबाट दमकल पुगेका थिए ।

प्रहरीले क्षतिको विवरण सकलन गरेर घटनाबारे थप अनुसन्धान गरीरहेको बताएको छ।

Deep Jyoti Pustak psl
Loading...