गोदावरीबाट ठूलो परिणाममा अबैध चिरान काठ बरामद

अत्तरिया : कैलालीको गोदावरीबाट ठूलो परिणाममा अबैध काठ बरामद गरिएको छ ।  गोदावरी नगरपालिका – १० खमौरा सब डिभिजन वन कार्यालय अत्तरियाबाट गएको गस्ती टोलिले सालको ठूलो परिमाण चिरान काठ बरामद गरेको छ ।

स्थानीय शेर बहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ ।

बरामद सालको काठ चिरान गरिएको २ सय ५० थान (१ सय २० क्युफिट) रहेको सव डिभिजन वन कार्यालय अतरियाबाट कार्यालय प्रमुख निराजन कडालले बताए ।

Loading...