अत्तरिया : नेपाली कांग्रेस कैलालीका प्रवक्ता तथा समाजसेवी प्रेमराज भट्टले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई सहयोग गरेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ बरबट्टामा रहेको नवदुर्गा आधारभूत बिद्यालयमा अध्ययरत बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा स्कूल ड्रेस सहयोग गरेका हुन् ।
बुधबार एक कार्यक्रमका बिच उनले आर्थिक अवस्था कमजोर भएका तथा अविभावक नभएका १० जना बालबालिकाहरूलाई उक्त सामाग्री वितरण गरेका छन् । उनले ति बालबालिकाहरूलाई अध्ययनमा केहि सहजहोस भन्ने उद्देश्यले ५० हजार बराबरको सामाग्री सहयोग गरेका छन् ।
उक्त विद्यालयमा अध्ययनरत केहि विद्यार्थीहरुको नाजुक अवस्था थाहापाए पछि आफुले सक्दो सहयोग गरेको प्रवक्ता भट्टले बताए । सामुदायिक विद्यालयमा अध्ययनरत नाजुक अवस्था भएका विद्यार्थीलाई राज्यले कुनै वास्ता नगरेको उनको भनाई छ ।
‘अहिलेको यस्तो पुसको कठ्याङ्ग्रिदो चिसोमा पनि बच्चाहरु एकसरो लुगा लगाएर बिद्यालय गईरहेका छन भनेर सामाजिक सञ्जालमा देखेपछि सहयोग गर्नुपर्छ भन्ने भावनाले बिद्यालयका हेडसर संग सल्लाह गरेर कापि कलम र एकजोर तातो लुगा वितरण गरेको छु ।’ प्रवक्ता भट्टले भने ।
बिद्यालयका प्रधानाध्यापक बिर बहादुर बिष्टले अभिभावक गुमाएका बिद्यार्थीहरुलाई विद्यालयमै आएर समाजसेवी भट्टले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । बिद्यालयमा अध्ययरत केहि जनजाति र दलित साहारा बिहिन बालबालिकाहरु अभिभावक नहुदा गास,बास,कपासमा निकै समस्या भईरहेको उनको भनाई छ ।
