डडेल्धुरा र बैतडीमा यात्रु सहायता कक्ष स्थापना

अत्तरिया : जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

जिल्लाको बसपार्क, स्याउले, सकायल र भित्री मधेसको जोगबुढामा यात्रु सहायता कक्ष स्थापना गरिएको बताइएको छ।

यस्तै चाडपर्वलाई लक्षित गर्दै भारतीय नाकासहित बैतडीका छ स्थानमा पनी यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

दसैँ र तिहारका बेला यात्रुहरुलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने उद्देश्यले भारतसँगको सीमानाका झुलाघाट, सदरमुकामस्थित गोठलापानी, सतबाँझ, गोकुलेश्वर, पाटन र खोड्पेमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

प्रहरीको १०० नम्बर र जिल्ला ट्राफिक प्रहरीको फोनमा सम्पर्क गरेर समस्या राखेमा पनि समस्या समाधान गरिने जनाइएको छ।

सञ्चालन गरिएका प्रत्येक सहायता कक्षमा कम्तीमा दुई सुरक्षाकर्मी खटिएका छन्। छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ।

Deep Jyoti Pustak psl
Loading...