अत्तरिया : प्रधानमन्त्री पुष्पकमल दाहाल आज बझाङ आउँदैैछन्।
भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि उनी बिहान १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ आउँन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित केही क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।
जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तरक्रिया र पीडितहरुलाई राहत हस्तान्तरणको कार्यक्रम पनि रहेको पाण्डेले बताए।