अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालयहरुमा २ दिन जाडो विदा दिइएको छ ।
नगरपालिकाले अत्याधिक जाडो बढेको भन्दै माघ ४ र ५ गते विद्यालयमा जाडो विदा दिने निर्णय गरेको जनाएको छ ।
प्रमुख प्रशाकीय अधिकृत मान बहादुर केसीद्धारा जारी सूचनामा जाडो बढ्दा विद्यार्थीहरुको पठनपाठनमा असहजता भएकाले जाडो विदाबाट कट्टी हुने गरी २ दिन विदा दिइएको उल्लेख छ ।
यसअघि नगरपालिकाले माघ २ गते स्थानीय विदा दिएको थियो ।
