बेलौरीको एक रेस्टुरेन्टमा भारतिय नागरिक र नेपाली युवतिलाइ प्रहरीले अनैतिक अवस्थामा देखे, होटल संचालिका सहित ३ जना पक्राउ परे

कञ्चनपुर : कञ्चनपुरको बेलौरीबाट प्रहरीले होटल संचालिका सहित ३ जनालाई पक्राउ गरेको छ ।

बेलौरी नगरपालिका – ६ स्थित गुगल रेस्टुरेन्टबाट भारतिय नागरिक र नेपाली युवतिलाइ प्रहरीले मङ्गलवार साझ अनैतिक अवस्थामा देखेपछी संचालिका सहित ३ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले सोही ठाउँ बस्ने रेस्टुरेन्ट संचालिका, धरान उपमहानगरपालिका –१ बस्ने २४ वर्षीय युवती र भारतको पुरनपुर बस्ने रथिक अन्सारीलाई पक्राउ गरेको हो ।

अनैतिक अवस्था दुई जनालाई फेला पारेपछि संचालिका सहित ३ जनालाई पक्राउ गरि म्याद थप भइ अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरि प्रसाद बजगाइले बताए ।

Deep Jyoti Pustak psl
Loading...