दार्चुलामा बस दुर्घटना हुँदा १४ जना घाईते

दार्चुला : दार्चुलामा बस दुर्घटना भएको छ।

दार्चुलाबाट महेन्द्रनगरतर्फ आईरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बर को बस महाकाली नगरपालिका–५ खिमटडीमा दुर्घटना भएको हो।

दुर्घटना परी चालकसहित १४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

घाईतेहरुको विवरण तथा दुर्घटनाको कारण अहिले सम्म नखुलेको प्रहरीले जानकारी दिएको छ।

Deep Jyoti Pustak psl
Loading...