अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले ठेकेदारलाई मुद्धा जिताउन नगरपालिकाका तत्कालीन मेयर हरिसंह साउँदले सहयोग गरेको खुलासा गरेका छन् ।
नदीजन्य पर्दाथ संकलनको ठेक्का लिएको कम्पनीले जेठ २४ गतेसम्म नदीजन्य पर्दाथ उठाएको प्रमाण हुँदाहुँदै पनि अदालतमा पेश नर्गदा नगरपालिकाले मुद्धा हार्नु परेको र फलस्वरुप नगरको खाताबाट साढे चार करोड रकम काटीएको उनले बताए।
“२०७६ सालमा कोरोनाको समयमा ६ महिना नदीजन्य पर्दाथ संकलन गर्न पाएनौ,लिखीत सम्झौता अनुसारको रकम भुत्तानी गर्न सक्दैनौ भनेर ठेकदारले मुद्धा दायर गर्यो,हामी आउनुभन्दा पहिला नै जिल्ला अदालतमा मुद्धा हारिसकेको अवस्था थियो,विगत ६ महिनादेखी हामीले नदीजन्य पर्दाथ उठाउन पाएनौ,लिखीत सम्झौता अनुसारको पैसा तिर्न सक्दैनौ भनेर मुद्धा हालीएको छ तर जेठ मसान्तमा खोला बन्द हुन्छ जेठ २४ गतेसम्म नदीजन्य पर्दाथ उठाएको प्रमाण फेला परेका छन् भट्टले भने ।”
ति प्रमाणहरु तत्कालीन मेयरले किन लुकाएर राखे ? ठेकेदारलाई मुद्धा जिताउनको लागि? उनले प्रश्न गरे ।” ठेकेदारलाई मुद्धा जिताउनकैलागि तत्कालीन मेयरले भएको प्रमाण समेत अदालतमा पेश नगरेको उनको आरोप छ ।
साढे चार करोड रकम नगरकालागि अत्यन्तै ठुलो रकम भएको भट्टले बताए । शुक्रबार वडा नम्बर १० स्थीत खमौरामा सुरु भएको माघ महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै भट्टले गर्नुपर्ने काम धेरै तर बजेट कम भएको दुखेसो पोखेका छन् ।
आफुहरु निर्वाचित भएर आईसकेपछी बजेटको अभाव झेल्नु परिरहेको उनले बताए ।