धनगढी : कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिबेणीघाटबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ हजार ५ सय मूल्य बराबरको प्याज, हरियो मटर, पानीपुरी, पापड बरामद गरिएको छ।
यस्तै धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट अन्दाजी २६ हजार १ सय ७० मूल्य बराबरको चिनी, प्याज, चना, मिठाई, साबुन, मैदा र लम्कीचुहा नगरपालिका–१ पञ्चकोशी स्थित सडकको छेउबाट अन्दाजी ४८ हजार ६ सय मूल्य बराबरको मिठाई, सुर्ति, पानीपुरी, बिडी, चुरन लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ राम जानकी टोलबाट अन्दाजी १५ हजार मूल्य बराबरको प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
