महोत्सवमा भेटिएको नक्कली टिकट ठेली बारे छानबिन हुन्छ : आयोजक

अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा‌ भेटिएका २८ ओटा नक्कली टिकट ठेली बारेमा छानबिन हुने आयोजकले बताएको छ । आज बिहान सञ्चारकर्मीसंग कुराकानी गर्दै आयोजक अत्तरिया उद्योग वाणिज्य संघका महासचिब शंकर खड्काले भेटिएका टिकट नक्कली भएको र यसबारेमा छानबिन हुने बताए ।

उनले भोली महोत्सवको समापन कार्यक्रम भएको हुँदा आफुहरु त्यसतर्फ केन्द्रित हुनुपर्ने भएकोले ८ गतेबाट छानबिन गर्ने बताएका छन् । छड्के चेकजाँच गर्दा बिहिबार नक्कली टिकट ठेलि फेला परेको उनले बताए । बिहिबार टिकट काउन्टरमा नक्कली टिकट ठेली भेटिएपछि शुक्रबार आयोजकले नै टिकट काटेका थिए ।

यस्तै टिकट छाप्ने जिम्मेवारी पाएका संस्थाका सदस्य बम बहादुर बोगटीले बरामद गरिएका टिकट ठेलीहरु पुर्ण रुपमा नक्कली भएको र ति नक्कली ठेलिहरु भएका धेरै आधारहरु रहेको बताए । उनले महोत्सवका टिकट काठमाडौंमा छपाएर सिल प्याक गरेर ल्याएको र महासचिवको रहोबरमा बुझेर सचिवले टिकट ठेली टिकट काउण्टरमा वितरण गर्दै आएको बताए ।

महोत्सवमा टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) लाई दिइएको थियो । टिकट काउन्टरमा‌ नक्कली टिकटका ठेलीहरु भेटाइसकेपछि समितिले निर्णय गरेर टिकट काट्ने स्ववियू संगको सम्झौता तोडिएको आयोजक अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सव स्थलमा (आज) शनिबार पनि आयोजकले नै टिकट काटिरहेका छन ।

यसरी महोत्सवबाट नक्कली टिकट ठेली भेटाएपछि महोत्सवमा यसअघि पनि नक्कली टिकट ठेली वितरण भएर आर्थिक हिनामिना भएको आशंका गरिएको छ ।

विहीबार २८ नक्कली टिकट ठेली नियन्त्रणमा लिदा २ वटा टिकट ठेली काटिएको अवस्थामा भेटिएका थिए । एउटा टिकट ठेलीमा ५० वटा टिकट रहेका छन ।

Deep Jyoti Pustak psl
Loading...