जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा महिला गम्भीर घाइते

कञ्चनपुर : कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको पुर्नवास नगरपालिका–१० पगडीयाकी ४३ वर्षीया लक्ष्मी जोशी हात्तिको आक्रमणबाट गम्भीर घाइते भएकी छन्।

शनिवार बेलुका जोशी हात्तीको आक्रमणबाट गम्भीर घाइते भएको सब डिभिजन वन कार्यालय पचगडियाका प्रमुख दिनेशकुमार यादवले बताए।

गम्भीर घाइते भएकी जोशिलाइ सेती प्रादेशिक अस्पताल धनगढी लगिएको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...