धनगढी : डडेल्धुराको एक विद्यालयलाई पूर्व विद्यार्थीले ल्यापटप सहयोग गरेका छन्। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ७ खिन्नेभाडीमा रहेको महादेव माध्यमिक विद्यालयलाई ल्यापटप सहयोग गरिएको हो।
डडेल्धुराकै परशुराम नगरपालिका वडा नम्बर ११ का स्थानीय खडक बिष्टले विद्यालयलाई ल्यापटप सहयोग गरेका हुन्। बिष्टले आगामी दिनमा पनि आफूले अध्ययन गरेको विद्यालयलाई सक्दो सहयोग गर्ने बताएका छन्।
हाल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका बिष्टले घर आएको बेला शुक्रवार विद्यालयलाई ७५ हजार मूल्य बराबरको ल्यापटप प्रदान गरेको बताएका छन्।
