बुढीगंगा नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो।

लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी गरी चार राजनीतिक दलले तालाबन्दी गरेका हुन्।

Loading...