बझाङकी २० वर्षीया दीक्षा आफ्नै घरभित्र मृत फेला By रेडियाे अत्तरिया On २०८० माघ ९, मंगलवार १५:११ फाइल फोटो बझाङ : बझाङमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको थलारा गाउँपालिका–५ खोल्माकि २० वर्षीया दीक्षा पाध्य मृत अवस्थामा फेला परेकी हुन्। मंगलबार बिहान ७ बजेको समयमा दीक्षा आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।